Dhulikhel Eco Banner new

केवाईसी भनेको के हो ?

3.42K
shares

काठमाडौं, १६ फागुन । केटिएम भ्वाइस डटकमले आफ्ना पाठक स्रोताहरुलाई बैंक तथा वित्तीय क्षेत्रका विषमा जानकारी दिने उद्देश्यले वित्तीय साक्षता अन्तर्गत विभिन्न विषयमा जानकारी दिदै आएको छ । यसैक्रममा आजको अंकमा के।वाई।सी। का विषयमा जानकारी दिने कोसिश गरेका छौँ ।

ग्राहक पहिचान अर्थात के.वाई.सी. भनेको बैंकले आफ्ना ग्राहकको सम्पूर्ण विवरण राख्ने एक किसिमको फाराम हो । के.वाई.सी. नियम अनुसार बैंकहरूले आफ्ना ग्राहकको सम्पूर्ण जानकारी राख्नु पर्दछ ।

बैंकमा खाता खोल्दा अनिवार्य रूपमा के.वाई.सी. फाराम भर्नु पर्दछ । के.वाई.सी. फाराममा आफ्नो फोटो, परिचयपत्र, ठेगाना र पारिवारिक विवरण पूर्ण रूपमा खुलाउनु पर्दछ । बचत खाता खोल्न बचत खाता खोल्ने फाराम, फोटो र आवासको प्रमाण (जस्तैः धारा, टेलिफोन वा बिजुलीको रसिद) आवश्यक पर्छ ।

त्यससँगै बैंकमा के.वाई.सी. फाराम भरेर खाता खोल्न सकिन्छ । यसरी बैंकले ग्राहकबाट धेरै सूचना वा जानकारी लिँदा आफ्ना ग्राहक बारे बैंकलाई धेरै जानकारी हुन गई बैंक ग्राहकसँगको सम्बन्ध र कारोबारमा ढुक्क हुन्छ । बैंकले ग्राहक पहिचानसँग सम्बन्धित विवरण राम्रोसँग राखेको छ भने आवश्यक परेको बेलामा ग्राहकलाई सजिलै सम्पर्क गर्न सक्दछ ।