Dhulikhel Eco Banner new

डेडिकेटेड ट्रंक लाइन विवाद : विद्युत प्राधिकरणले काटिदिए ३४ वटा उद्योगको बिजुली

2.56K
shares

काठमाडौं, ९ कात्तिक । डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले ३४ वटा उद्योगमा बिजुली काटिदिएको छ ।

डेडिकेटेड र ट्रंक लाइन विवादमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कालाई दिनभर गुमराहमा राखेर अन्ततः साँझ उनले बक्यौता नतिरेको आरोपमा उद्योगहरुको लाइन काटिदिएका हुन् ।

बक्यौता नतिर्ने मध्ये ३४ वटा उद्योगमा प्राधिकरणले बिहीबार राति बिजुली काटिदिएको हो । अदालतको स्टे रहेका ७ वटा र २ वटा सरकारी उद्योगको लाइन भने काटिएको छैन ।

मन्त्रिपरिषदबाट कुनै निर्णय पनि नभएको र प्राधिकरणको सञ्चालक समितिबाट पनि कुनै निर्णय नभएको अवस्थामा प्राधिकरणले उद्योगहरुको लाइन काट्न थाल्यो । बिहीबार राती ८ बजेबाट लाइन काट्न थालेको प्राधिकरणले अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, बाबा जुट मिल, जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल र हामा आइरन लगायतका ३४ उद्योगको लाइन काटेको छ ।