शेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो
वि.सं.२०८१ कात्तिक ११ आइतवार १५:०७
shares

काठमाडौं, ११ कात्तिक । साताको पहिलो दिन शेयर बजारमा गिरावट आएको छ । शेयर बजार ९.१९ अंकले घटेर २,६१७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ र ११ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम खुम्चिएर पनि ४ अर्ब ७३ करोडको कारोबार भएको हो ।
शेयर बजारमा लाइफ इन्सुरेन्स कर्पोरेसनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन नेपाल एसबीआई बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ६.७९ प्रतिशतको दरले घटेको छ ।



















