शेयर बजारमा आज यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ कात्तिक २१ बुधवार १५:१५
shares

काठमाडौं, २१ कात्तिक । बुधबार शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार १.८८ अंकले घटेर २,६७५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ र ६ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम बढेर ५ अर्ब २२ करोडको कारोबार भएको हो ।
शेयर बजारमा कुथेली बुखारी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ९.५५ प्रतिशतको दरले गुमाएका छन् ।
यसदिन नेपाल फाइनान्सका लगानीकर्ताले ८.२६ प्रतिशतका दरले गुमाएका छन् भने समाज लघुवित्तका लगानीकर्ताले ६.२१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी युनाइटेड मोडी हाइड्रोपावरका लगानीकर्ताले ४.०३ प्रतिशतका दरले गुमाएका छन् भने सुपर माई हाइड्रोपावरका लगानीकर्ताले ३.५७ प्रतिशतका दरले गुमाएका छन् ।



















