Dhulikhel Eco Banner new

कमला नदीमा देवता मेला, स्नान गर्नेको घुइँचो (फोटो फिचर)

3.84K
shares

काठमाडौं, ३० कात्तिक । धनुषा र सिरहाको सिमानामा रहेको कमला नदीको किनारमा देवता मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ आज मेला लागेको हो ।

नदीको किनारमा यतिखेर तान्त्रिक विद्या सिद्ध गर्न भक्त, धामी र सर्वसधारणको घुइँचो लागेको छ । नेपालतर्फ मात्र नभएर भारतमा समेत कमला नदीमा आज लाखौंले स्नान गरेका छन् ।

धामी झाँक्री बन्ने विश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वास छ ।

मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुती दिने चलन छ ।

मिथिलामा सदियौंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । कमलामा स्नान पश्चात घर फर्किने बेलामा भक्तजनहरूले कमला नदीको पानी आ–आफ्नो घर लैजाने गर्छन् ।