Dhulikhel Eco Banner new

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.सरोज शर्मा नियुक्त

2.82K
shares

काठमाडौं, २ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका छन्।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा. शर्मालाई महाशाखा प्रमुखसहित बीमा बोर्डको निमित्त निर्देशकको थप जिम्मेवारी दिएका हुन्।

उनलाई मन्त्रिपरिषदले कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहित यो जिम्मेवारी दिइएको हो ।

यसअघि बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल गत आइतबार समाप्त भएको थियो ।