Dhulikhel Eco Banner new

मंगलबार काठमाडौंका यी स्थानमा बिजुली काटिने

2.7K
shares

काठमाडौं, ११ मंसिर । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा मंगलबार बिजुली काटिने भएको छ । प्राधिकरणले केवल लाइन विस्तारका लागि सो स्थानमा लाइन काटिने जनाएको हो ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ ।