Dhulikhel Eco Banner new

एनआइएमबि एस क्यापिटलको लाभांश घोषणा

2.65K
shares

काठमाडौं, १४ मंसिर । एनआइएमबि एस क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । क्यापिटलको मंसिर १३ गते बसेको सञ्चालक समिति बैंठकले २५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।

कम्पनीले उक्त प्रस्तावसहित पुस ५ गते साधारण सभा पनि बोलाएको छ । सभा यस क्यापिटलको सभा हल लाजिम्पाट, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०।८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।