Dhulikhel Eco Banner new

चार महिनामा ६ अर्ब बढीको धान र चामल आयात

3.82K
shares

काठमाडौं, १४ मंसिर । चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा ६ अर्ब रुपैयाँ बढी रकमको १ लाख मेट्रिक टन धान र चामल आयात भएको छ ।

एक महिनाको अवधिमा मात्रै २ अर्ब रुपैयाँको धान र चामल आयात भएको हो । सो रकम बराबर चार महिनामा १ लाख १७ हजार मेट्रिक धान तथा चामलको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

गत कार्तिकमा अर्थातमा चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख करोड बराबरको ७४ हजार ३३ मेट्रिक टन धान र चामल आयात भएको थियो । सो चामल र धान बराबर ६ अर्ब ९६ करोड ६७ लाख ४७ हजार रुपैयाँ बाहिरिएको छ ।