जनकपुरलाई जित्न १ सय २८ रन आवश्यक, विराटनगर किंग्स १० ओभरमा अलआउट
वि.सं.२०८१ मंसिर १५ शनिवार १४:२६
shares

काठमाडौं, १५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्स समक्ष १ सय २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरको विराटनगर १० ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटिएको हो ।
विराटनगरका लागि गप्टिलले सर्वाधिक ५५ रन बनाए । पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।
६ रनमै लोकेश बमलाई पहिलो विकेटको रुपमा गुमाएको विराटनगरक लागि गप्टिल र आकिब इल्यासले ४७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । तर इल्यास पनि १५ रन बनाएर आउट भए । निकोलस किर्टोन ९, बसिर अहमद ७ र राजेश पुलामी मगर १ रनमा आउट भए ।
जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले पनि ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै क्यानडियन अलराउण्डर हर्श थाकेरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

















