Dhulikhel Eco Banner new

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम शीर्षस्थानमा

3.17K
shares

काठमाडौं, २६ मंसिर । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रोप्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४-अण्डर ६४ सहित शीर्षस्थानमा रहेका छन् ।  उनले विष्णुप्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् ।

मंगलबार देखि सुरू भएको प्रतियोगितामा विष्णु प्रसाद शर्मा र निरज तामाङले ३-अण्डर ६५ सहित पहिलोदिनको खेल संयुक्तरुपमा दोस्रो स्थानमा पुरा गरेका छन्। नेपाल नम्बर एकएमेच्योर गल्फर सदभाव आचार्य २-अण्डर ६६ सहित चौथो स्थानमा रहे।  इभन-पार ६८ को स्कोरमा भेट्रान प्रो दीपक मगर र प्रदीप कुमारलामाले पाँचौं स्थान बाँडे भने रमेश अधिकारी र दिनेश प्रजापतिले १-ओभर ६९ को स्कोर निकाले।  उनीहरू सातौं स्थान रहेका छन्।

विष्णुले पहिलो र सातौँ होलमा एक/एक सट बचाउँदै फ्रन्ट नाइन २-अण्डर ३२ मा सकाए। यसपछि ११औँ होलको बोगी विरूद्ध १२औँ /१३औँ होलको दुई बर्डीले ब्याक नाइन १-अण्डर ३३ मा पूरा गरेका छन् । यसैगरी २-ओभर ७० को स्कोरमा ६ गल्फर रामे मगर, कृष्णमानराजबाहक, रवि खड्का, वसन्त राज गुरूङ तथा एमेच्योरद्वय ज्ञानबहादुर ढेङ्गा र राहुल विके पहिलो दिन संयुक्तरुपमा नवौं स्थानमा रहेका छन्।

रोयल नेपाल गल्फ क्लबका प्रो जयरामले बोगी रहित स्कोर कार्डनिकाल्ने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन दुवै २-अण्डर ३२ मासकाए। उनले चौथो, आठौं, दशौं र बार्ह्रौं होलमा बर्डी प्रहार गरे।विष्णुले पहिलो र सातौं होलमा एक/एक सट बचाउँदै फ्रन्ट नाइन २-अण्डर ३२ मा सकाए। यसपछि ११औं होलको बोगी विरूद्ध १२औं /१३औं होलको दुई बर्डीले ब्याक नाइन १-अण्डर ३३ मा पुरा गरे।

डिफेन्डिङ च्याम्पियन निरजले दोस्रो होलमा बोगी प्रहार गरेपनि चौथोर पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १-अण्डर ३३ खेले। यसपछि १० औं र ११औं होलमा लगातार दुई बर्डी प्रहार गरेका उनले ब्याक नाइनमा२-अण्डर ३२ को स्कोर दर्ज गरेका छन्।

एमेच्योर सदभावले सुरूवात राम्रो गर्न सकेनन। पहिलो र चौथो होलमाबर्डी प्रहार गरेपनि तेस्रो, पाँचौं, छैटौं र नबौं होलमा एक/एक सट खेरफाले। फ्रन्ट नाइन २-ओभर ३६ मा पुरा गरे। तर ब्याक नाइनमा उत्कृष्ट कमब्याक गरे। १०औं, ११औं, १३औं र १७औं होलमा बर्डीकोसफलता प्राप्त गरे। योसँगै उनले ब्याक नाइनमा ४-अण्डर ३० कोउत्कृष्ट प्रदर्शन गरे। यो स्कोरमा उनी एमेच्योरतर्फ शीर्षस्थानमा छन।उनले ज्ञान बहादुर ढेङ्गा र राहुल विकेलाई ४ स्ट्रोकले पछि पारेका छन् ।

७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीको सहभागीता रहेको छ। कुल ७ लाख ३५ हजार नगदपुरस्कार राशीको लागि प्रतिस्पर्धा गर्नेछन। विजेताले उपाधिसँगै १लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन। साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन। ३६ होलकोसमाप्तीमा कट लागु हुनेछ।