प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ मंसिर २६ बुधवार १०:४३
2.61K
shares
shares

काठमाडौं, २६ मंसिर । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले १३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ३४ लाख २५ हजार ६१८ कित्ता शेयर बिक्रीमा राखेको हो।
जसमध्ये ३२ लाख ९० हजार ३१७ कित्ता शेयर बैंककै अन्य संस्थापक शेयरधनी र १ लाख ३५ हजार ३०१ कित्ता शेयर सर्वसाधारणले खरिद गर्न पाउने व्यवस्था गरिएको छ।















