Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.04K
shares

काठमाडौं, २७ मंसिर । बिहीवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३३.४२ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब १४ करोडको कारोबार भएको हो ।

राताम्य भएको शेयर बजारमा जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतको दरले गुमाएका छन् ।

यसदिन इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ६.४३ प्रतिशतका दरले गुमाएका छन् भने इर्मजिङ नेपालका लगानीकर्ताले ६.२४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी स्वाभीमान लघुवित्तका लगानीकर्ताले ६.०६ प्रतिशतका दरले गुमाएका छन् भने जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.४४ प्रतिशतका दरले गुमाएका छन् ।