Dhulikhel Eco Banner new

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

4.32K
shares

काठमाडौं, २८ जेठ । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ।

प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका– ५ घर भई काठमाडौं महानगरपालिका– ३ महाराजगञ्ज बस्दै आएका ५६ वर्षीय अनिल मोक्तानलाई उक्त अभियोगमा पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार लुकिछिपी बस्दै आएका मोक्तानलाई प्रहरीले शुक्रवार महाराजगञ्जबाट पक्राउ गरेको हो।

अभियुक्त मोक्तानलाई उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा ११ लाख ५० हजार रुपैयाँ जरीवाना र ७ दिन कैद फैसला सुनाएको थियो। उक्त फैसलापछि उनी फरार थिए। निज अभियुक्त विरुद्ध चार ओटा निवदेकले अलग – अलग जाहेरी दिएका थिए ।

प्रहरीले मोक्तानलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेश गरेर थप अनुसन्धान भइरहेको बताएको छ।