Dhulikhel Eco Banner new

कुमारी बैंकले लाभांश नदिने

2.83K
shares

काठमाडौं, १९ पुस । कुमारी बैंक लिमिटेडले लाभांश नदिने भएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैंकको सञ्चालक समितिको पुस १८ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिने बैंकले जनाएको छ।