प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ ६ आइतवार १०:२९
2.57K
shares
shares

काठमाडौं, ६ माघ । स्थानीय बजारमा आइतवार पहेँलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार तोलामा १ लाख ५७ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ८ सयले बढेर तोलामा १ लाख ५७ हजार १ सयमा कायम भएको हो ।
त्यस्तै, आइतवार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । शुक्रवार तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार बढेर १ हजार ८६० रुपैयाँमा कायम भएको छ ।

















