Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

2.37K
shares

काठमाडौं, ७ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले चार्टर्ड एकाउन्टेन्ट (सीए) र सेमी क्वालिफाइड सीएका लागि कर्मचारी माग गरेको हो ।

सेमी क्वालिफाइड सीएका लागि इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल वा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट कम्तीमा सीएपी वा सोसरह स्तर उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सांग्रिला डेभलपमेन्ट बैंकको इमेल ठेगाना मार्फत माघ २० सम्म आवेदन पेश गर्नुपर्ने जनाएको छ ।