Dhulikhel Eco Banner new

भ्यालेन्टाइन सिजनको लागि सामसङ नेपालले ल्यायो ग्यालेक्सी एस २४ अल्ट्रा र जि सिरिजमा प्राइस् ड्रप

2.7K
shares

काठमाडौं, १५ माघ । भ्यालेन्टाइन सिजनको अवसरमा सामसङ नेपालले नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको प्राइस् ड्रप तथा बोनस फ्री गिफ्ट रहेको अफर मार्फत सुलभ मूल्यमा बजारमा उपलब्ध गराएको छ । भ्यालेन्टाइनमा आफ्ना प्रियजनहरूसँग आफ्नो माया बाँड्न सहज पार्नका लागि, प्राइस् ड्रप तथा बोनस फ्री गिफ्ट रहेको अफर मार्फत अझ सुलभ मूल्यमा बजारमा उपलब्ध गराएको हो ।

यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२÷२५६ जिबि) आफ्नो प्रियजनहरुलाई गिफ्टको रुपमा खरिद गर्न चाहेको ग्राहकहरुले सो खरिदमा .२५ हजारसम्मको बचत गर्न सक्ने कम्पनीले जनाएको छ । यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५ हजार ४ सय ९९ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा ५ हजार ४ सय ९९ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र प्रतिशत ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सक्नेछन् । यो प्रक्रियालाई सहज बनाउनको लागि प्रमाणपत्रको रुपमा केवल आफ्नो नागरिकताको आवश्यक पर्नेछ ।

मोडल

 

   

बन्दलिङ्ग

आर आर पि  
  पुरानो मुल्य नयाँ मूल्य  
जेड फोल्ड ६ – १२/५१२ जीबी २४९,९९९ २२९,९९९ क्लियर केस (निःशुल्क)
जेड फोल्ड ६– १२/२५६ जीबी २३४,९९९ २१४,९९९ क्लियर केस (निःशुल्क)
जेड फ्लिप६ – १२/२५६ जीबी १५४,९९९ १३९,९९९ सिलिकन केस (निःशुल्क)