Dhulikhel Eco Banner new

प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.68K
shares

काठमाडौं, १५ माघ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार तोलामा १ लाख ६० हजार १ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार ९ सयले घटेर तोलामा १ लाख ५९ हजार २ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । सोमवार तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर मंगलवार तोलामा १ हजार ८३५ रुपैयाँमा कायम भएको छ ।