Dhulikhel Eco Banner new

रास्वपाको अवरोधबीच सभामुखले अघि बढाए संसद् बैठकको कार्यसूची

2.15K
shares

काठमाडौं, १८ माघ । नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच दोस्रो दिनको बैठक सुरु भएको छ । एक बजे सुरु भएको बैठक एमालेका सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेट बैठक स्थगित गरेका थिए ।

१५ मिनेटको ब्रेकपछि सुरु हुने बित्तिकै एमाले सांसदहरुले सांसदको सर्वोच्चता कायम राख्नुपर्ने भन्दै नाराबाजी सुरु गरेका थिए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बजेट अध्यादेशविरुद्धको सूचनाको विषयमा धारणा राख्ने समय दिएका थिए । सुवालले बैठकमा सो सूचना फिर्ता लिएका थिए । त्यसपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट अध्यादेश टेबुल गर्न समय दिएका थिए ।

सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा समयका विषयमा छलफल नभएको भन्दै राष्ट्रपति कार्यालयबाट प्राप्त वाचन सुरु गरेका छन् । रास्वपाका सांसदहरूले संसद्‌मा जबरजस्ती गर्न नपाइने भन्दै नाराबाजी गरिरहेका छन्

आजको बैठकको सुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची छ । त्यस्तै, अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा मन्तव्य राखिनेछ भने सरकारले ल्याएका अध्यादेश सदनमा पेस हुने कार्यसूची छ ।

आजै रास्वपाका सभापति रवि लामिछानेले सभामुख घिमिरेलाई भेटेर आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए । लामिछाने रास्वपाका १५ सांसद लिएर सभामुख घिमिरेलाई भेट्न पुगेका थिए । उनीहरूले आजकै बैठकबाट लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न अनुरोध गरेका थिए ।
एमालेका सांसदहरुको नाराबाजी जारी रहेको छ ।