Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.74K
shares

काठमाडौं, २० माघ । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६९.८० अंकले घटेर २,७२७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १२ अर्ब ९५ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।

यसदिन केबिएल ऋणपत्र २०९०का लगानीकर्ताले ९.५९ प्रतिशतका दरले गुमाएका छन् भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले ८.२० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सेन्चुरी ऋणपत्रका लगानीकर्ताले ७.७५ प्रतिशतका दरले गुमाएका छन् भने सिभिल बैंक ऋणपत्रका लगानीकर्ताले ७.७४ प्रतिशतका दरले गुमाएका छन् ।