शेयर बजारमा १६२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ माघ २२ मंगलवार १६:१२
shares

काठमाडौं, २२ माघ । मंगलवार शेयर बजार दोहोरो अकंले घटेको छ। शेयर बजार १४.०८ अंकले घटेर २,७१५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ९१ करोडको कारोबार भएको हो ।
दोहोरो अकंले घटेको शेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।
यसदिन सप्तकोशी विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् भने धौलागिरी लघुवित्तका लगानीकर्ताले ४.७७ प्रतिशतका दरले गुमाएका छन् ।















