Dhulikhel Eco Banner new

दोहोरो अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.98K
shares

काठमाडौं, २२ माघ । मंगलवार शेयर बजार दोहोरो अकंले घटेको छ। शेयर बजार १४.०८ अंकले घटेर २,७१५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ९१ करोडको कारोबार भएको हो ।

दोहोरो अकंले घटेको शेयर बजारमा जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

यसदिन मध्य भोटेकोशीका लगानीकर्ताले ८.२५ प्रतिशतका दरले कमाएका छन् भने न्यादी हाइड्रोपावरका लगानीकर्ताले ८.१९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी उपकार लघुवित्तका लगानीकर्ताले ८.१२ प्रतिशतका दरले कमाएका छन् भने कालिका पावरका लगानीकर्ताले ८.०५ प्रतिशतका दरले कमाएका छन्