Dhulikhel Eco Banner new

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

2.46K
shares

काठमाडौं, २८ माघ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ५ हजार ४०७ कित्ता शेयर कम्पनीकै संस्थापक शेयरधनीले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

जसमध्ये १२ हजार ७८ कित्ता शेयर संस्थापक शेयरधनी शंकर प्रसाद कालिकोटा र ९३ लाख ३२९ कित्ता शेयर अर्का संस्थापक शेयरधनी सुयोग श्रेष्ठको स्वामित्वमा रहेको छ।

यो शेयर हाललाई कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउछन् भने ३५ दिन नाघ्दासम्म शेयर बिक्री नभएमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।