Dhulikhel Eco Banner new

मर्जर तथा प्राप्तिको प्रस्तावसहित जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा

4.81K
shares

काठमाडौं, ३० जेठ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले असार १५ गते विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको जेठ २९ गतेको सञ्चालक समितिको बैठकले धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्वाराही, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

बीमा कम्पनीहरूमा पूँजी वृद्धिको अभियान चलिरहँदा सानिमा जनरल इन्स्योरेन्स पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत देखिएको छ । कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको हो ।

सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरू मात्र विशेष साधारण सभामा भाग लिन सक्नेबुक क्लोजको आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।