Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकले वृद्धि, १४९ कम्पनीको शेयर मूल्य घट्यो

2.48K
shares

काठमाडौं, ६ फागुन । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ११.९१ अंकले बढेर २,७३९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १० अर्ब ४३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा विन लघुवित्त, गुरास लघुवित्त, र इमर्जिङ नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा सप्तकोशी विकास बैंक र केबिएल ऋणपत्रका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।