Dhulikhel Eco Banner new

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्ला, फागुन १५ गतेसम्म आवेदन दिन सकिने

2.07K
shares

काठमाडौं, ११ फागुन । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको शेयरमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका आइतबारदेखि खुलेको हो ।

न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोशेयरमार्फत फागुन १५ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोशेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

इक्रा नेपालले यस कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनी आफ्नो दायित्व वहन गर्न मध्यमस्तरमा सुरक्षित रहेको जनाउँछ ।