Dhulikhel Eco Banner new

सशस्त्र प्रहरी बलको भर्ना दरखास्त १९ चैतसम्म खुला

4.71K
shares

काठमाडौं, १६ फागुन । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र साधारण समूह, लेखा उपसमूहतर्फका पदहरूमा भर्ना खुला गरेको छ ।

प्रहरी बल अन्तर्गतको मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा हलचोकले शुक्रवार एक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी दिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक (कानुन उपसमूह) मा ८ जना र सशस्त्र प्रहरी निरीक्षक (लेखा उपसमूह)तर्फ २० जनाका लागि भर्ना खुला गरेको हो । योग्यता पुगेकाले चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन् ।