एकैदिन प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ फागुन १६ शुक्रवार ११:२६
2.38K
shares
shares

काठमाडौं, १६ फागुन । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार तोलामा १ लाख ७० हजार ३ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार २ हजार २ सयले घटेर तोलामा १ लाख ६८ हजार १ सयमा कायम भएको हो ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । बिहीवार तोलामा १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार घटेर १ हजार ९१५ रुपैयाँमा कायम भएको छ ।



















