Dhulikhel Eco Banner new

स्वरोजगार लघुवित्तको एफपीओ आइतवारदेखि खुल्ला हुने

2.94K
shares

काठमाडौं, १६ फागुन । स्वरोजगार लघुवित्तले आगामी आइतबारदेखि शेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) गर्दैछ।

 धितोपत्र बोर्डबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न अनुमति पाएको हो। खरिदकर्ताले आवेदन दिँदा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एफपीओ निष्कासन छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गतेसम्म खुला रहनेछ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले यस कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित सफट्वेय ‘मेरो शेयर’ अनलाईन प्रयोग गरेर आवेदन दिन सक्नेछन्।