शेयर बजारमा ४४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ फागुन १८ आइतवार १५:२३
shares

काठमाडौं, १८ फागुन । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ७५.२४ अंकले बढेर २,८९० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १४ अर्ब २५ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा समाज लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ५.४७ प्रतिशतका दरले गुमाएका छन् भने कुमारी सबल योजनाका लगानीकर्ताले ४.०४ प्रतिशतका दरले गुमाएका छन्
त्यसैगरी भुगोल इनर्जीका लगानीकर्ताले ३.४२ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल हाइड्रोका लगानीकर्ताले ३.३७ प्रतिशतका दरले गुमाएका छन् ।

















