Dhulikhel Eco Banner new

दोर्दी खोला जलविद्युतको आईपीओमा भर्ने आज अन्तिम दिन

4.41K
shares

काठमाडौं, ३१ जेठ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । जेठ २६ गतेदेखि खुल्ला भएको कम्पनीको आईपीओमा आवेदन दिनका लागि आज साँझसम्मको समय रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतममा १७ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।