Dhulikhel Eco Banner new

२६ औं पुष्प मेला : ८ विद्यामा ९० हजार पुरस्कारसँगै थप आकर्षक

4.33K
shares

काठमाडौं, २८ फागुन । फ्लोरिकल्चर एशोसिएशन नेपालले यस वर्ष आयोजना गर्न लागेको २६ औं पुष्प मेला विगतको भन्दा फरक रहने भएको छ ।

विगतका वर्षहरुमा भन्दा यस वर्षको मेलामा देशभरका विभिन्न जिल्लाका फूलखेति सम्बन्धित गतिविधिहरु, नयाँ उत्पादन र विशेष गरी गुणस्तरमा विशेष ध्यान दिएको भन्दै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले केटिएम भ्वाईससँगको कुराकानीको क्रममा जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले थप जानकारी दिदै पहिलाको मेलामा भन्दा अहिलेको मेलालाई थप आकर्षक बनाउन स्टलमा सहभागीहरुबीच प्रतिस्पर्धा गराएर विभिन्न ८ विद्यामा ९० हजार बराबरको पुरस्कार राशीको समेत व्यवस्था गरिएको बताए ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि एशोसिएशनले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला-प्रदर्शनीको आयोजना गर्दै आईरहेको छ । उक्त एशोसिएशनका अध्यक्ष श्रेष्ठले यस वर्षको मेलाको नारा स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय रहेको जानकारी दिए ।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने उल्लेख गर्दै उनले मेलामा ६५ वटा स्टल रहने र मेला अवधिभर ८० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखेको बताए । २६ औं पुष्प मेला यहि आउदो चैत १ गते देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।