Dhulikhel Eco Banner new

नेपाल लाइफ इन्स्योरेन्समा ३ जना नयाँ सञ्चालक निर्वाचित

2.37K
shares

काठमाडौं, ३ चैत । नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने गरी ३ जना नयाँ सञ्चालक निर्वाचित भएका छन्।

कम्पनीको २५ औँ वार्षिक साधारणसभाको निर्णयानुसार स्थगित रहेको सर्वसाधारण शेयरधनीको सञ्चालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम चैत २ गते वीरगन्जको होटल भिष्वामा भएको थियो। जसअनुसार सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन्।

नवनिर्वाचित ३ जना सञ्चालक सदस्यहरुले कम्पनीका अध्यक्ष  गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका छन्।