Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ४ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.42K
shares

काठमाडौं, १५ चैत । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १ हजार ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीवार तोलामा १ लाख ७४ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार १ हजार ४ सयले बढेर प्रतितोला १ लाख ७६ हजार २ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । बिहीवार तोलामा २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य २० रुपैयाँले बढेर शुक्रवार तोलामा २ हजार ४० रुपैयाँमा कारोबार भएको छ ।