सरकारले पुरानो जहाज किन्न पाउने अवधि घटाउने घोषणा
वि.सं.२०७९ असार १ बुधवार १५:४३
shares

काठमाडौं, १ असार । सरकारले पुरानो जहाज किन्न पाउने अवधि घटाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अजा संसदमा बोल्दै यस्तो घोषणा गरेका हुँन् ।
आलेले समग्र जहाजमा ५ वर्ष घटाउने घोषणा गरेका हुँन् । अहिले सुगममा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने ननप्रेसराइज जहाज २० वर्ष पुराना भएमा किन्न नपाउने नियम छ । यसलाई घटाएर अब १० र १५ वर्ष कायम गर्ने तयारी सरकारले गरेको आलेले बताएका छन् ।
संसदमा पुराना जहाज किन्ने र त्यसले दुर्घटना हुने गरेको भन्दै प्रश्न उठेको थियो । त्यसको सम्वोधन गर्दै आलेले उक्त घोषणा गरेका हुँन् ।

















