Dhulikhel Eco Banner new

प्रदेश १ को बजेट : ३९ अर्ब ७३ करोड ८३ लाख (पूर्णपाठ)

5.41K
shares

विराटनगर, १ असार । आगामी आर्थिक वर्षको लागि प्रदेश १ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको बजेटमा न्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।

समपूरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख र बाँकी रकम मौज्जाद र वैदेशिक अनुदान मार्फत उपलब्ध हुने भनिएको छ ।