Dhulikhel Eco Banner new

तीन पत्रकारले पाए दिंगवत पत्रकारहरुको स्मृतिमा स्थापित पुरस्कार

3K
shares

काठमाडौं, ३० चैत । नेपाल पत्रकार मञ्चका तीन दिगंगत पत्रकारको सम्झनामा स्थापित पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारहरु पुरस्कृत भएका छन् । केटिएम भ्वाइसको संयोजनामा स्थापित तीन पुरस्कारबाट पत्रकारत्रय घनश्याम श्रेष्ठ, टंककला तिमिल्सिना र चेतनाथ पाण्डे पुरस्कृत भएका हुन् ।

श्रेष्ठले ५ हजार १११ रुपैयाँ राशीको स्वर्गीय पत्रकार डा. चुणाबहादुर श्रेष्ठ स्मृति पुरस्कार, तिमिल्सिना र पाण्डेले पनि ५ हजार १११ रुपैयाँ राशीकै क्रमशः स्वर्गीय बल्लभ भण्डारी स्मृति पुरस्कार र स्वर्गीय पत्रकार नाजिर उद्दिन मियाँ स्मृति पुरस्कार पाएका हुन् ।

मञ्चले दिगंवत आफ्ना सदस्यहरुको सम्झनामा उक्त पुरस्कारहरु स्थापना गरेको हो । यस वर्षका लागि तिनै पुरस्कार राशी भने अर्थप्रधान अनलाइन पत्रिका केटिएम भ्वाइसले उपलब्ध गराएको थियो ।