सरकारले २५ अर्ब २५ करोडको आन्तरिक ऋण ट्रेजरी बिलमार्फत उठाउने
वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:५३
shares

काठमाडौं, ९ बैशाख । सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै मंगलबार उक्त ऋण संकलन गर्न लागिएको जानकारी दिएको हो।
जारी सूचनाअनुसार, उक्त रकममध्ये २० अर्ब २५ करोड रुपैयाँ बराबरको परिपक्व भइसकेको ट्रेजरी बिल नवीकरण गरिनेछ भने बाँकी ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल जारी गरिनेछ।
यसका लागि सोमबार दिउँसो बोलकबोल प्रक्रिया सम्पन्न भइसकेको छ र मंगलबार उक्त ट्रेजरी बिलको वितरण प्रक्रिया अघि बढाइनेछ।
सरकारले यसअघि पनि आन्तरिक ऋण संकलनका लागि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, र वैदेशिक ऋणपत्रजस्ता विभिन्न वित्तीय साधनहरू प्रयोग गर्दै आएको छ। यसपटकको ऋण संकलन पनि सोही रणनीतिको निरन्तरताको रूपमा आएको हो।


















