गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ वैशाख १८ बिहीवार १०:३०
2.55K
shares
shares

काठमाडौं, १८ वैशाख । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ६५ हजार कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ।
यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले जेठ २१ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।


















