Dhulikhel Eco Banner new

हिमालयन लाइफ इन्स्योरेन्सले कमायो ४७ करोड २४ लाख खुद नाफा

2.2K
shares

काठमाडौं, २१ वैशाख । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४७ करोड २४ लाख खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिसम्म कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा ८.४९ प्रतिशतले खुद नाफा बढेको हो ।

कम्पनीको जीवन बीमाकोषको आकार पनि ६१ अर्ब ६५ करोड रुपैयाँबाट बढेर ७३ अर्ब ७७ करोड रुपैयाँ नाघेको छ। कम्पनीको खुद बीमाशुल्क पनि १२ अर्ब २ करोड ३० लाख रुपैयाँबाट बढेर १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी पनि १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँबाट बढेर १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खर्च पनि १६ अर्ब २६ करोड रुपैयाँबाट बढेर १७ अर्ब १४ करोड रुपैयाँ नाघेको छ। चुक्ता पूँजी ९ अर्ब १४ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४७ करोड रुपैयाँ र जगेडा कोषमा करीब १ अर्ब १० करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ २४ पैसाबाट घटेर ६ रुपैयाँ ७५ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ०७ पैसा रहेको छ।