Dhulikhel Eco Banner new

सानिमा बैंकमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

3.04K
shares

काठमाडौं, २४ वैशाख । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले इन्फरमेशन सेक्युरिटी पदमा कर्मचारी माग गरेको हो ।बैंकले उक्त पदको अधिकृतदेखि वरिष्ठ अधिकृत तहसम्मका लागि कर्मचारी माग गरेको हो।

यसका लागि कम्प्यूटर विज्ञान वा सोसँग सम्बन्धित विषयमा मास्टर्स डिग्री गरेको हुनुपर्छ। साथै सीईएच, सिआईएसए, सिआईएसएसपी वा सिआईएसएममध्ये कुनै एक प्रमाणपत्र अनिवार्य गरिएको छ।

आवेदन दिनका लागि उम्मेदवारको उमेर ४० वर्ष ननाघेको र कम्तीमा पाँच वर्षको कार्यानुभव भएको हुनु पर्नेछ। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित जेठ २ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।