एकैदिन प्रतितोला ३ हजार ५ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ जेठ १ बिहीवार १०:३९
2.54K
shares
shares

काठमाडौं, १ जेठ । स्थानीय बजारमा बिहीवार सुनको मूल्य उच्च दरले घटेको छ । सुनको मूल्य प्रतितोला ३ हजार ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधवार तोलामा १ लाख ८५ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार ३ हजार ५ सयले घटेर तोलामा १ लाख ८१ हजार ८ सयमा कायम भएको छ ।
त्यस्तै, बिहीवार चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेको छ । बुधवार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर १ हजार ९२५ रुपौयाँमा कायम भएको छ ।



















