सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ जेठ ४ आइतवार १५:१३
shares

काठमाडौं, ४ जेठ । आइतवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ३.७७ अंकले घटेर २,६०८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०० कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ५० करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले ८.५२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी स्वाभीमान लघुवित्तका लगानीकर्ताले ६.९८ प्रतिशतका दरले कमाएका छन् भने ओरेन्टल होटेलका लगानीकर्ताले ६.२३ प्रतिशतका दरले कमाएका छन् ।


















