Dhulikhel Eco Banner new

शेयर बजारमा सामान्य अंकले गिरावट, कारोबार रकम बढ्यो

1.78K
shares

काठमाडौं, ४ जेठ । आइतवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ३.७७ अंकले घटेर २,६०८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०० कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ५० करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.७८ प्रतिशतका दरले गुमाएका छन् ।