Dhulikhel Eco Banner new

शेयर बजारमा १४५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.7K
shares

काठमाडौं, ४ जेठ । आइतवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ३.७७ अंकले घटेर २,६०८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०० कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ५० करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.७८ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ७.५८ प्रतिशतका दरले गुमाएका छन् भने ग्रिन विकास बैंकका लगानीकर्ताले ७.३९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी क्रेष्ट माइके लाइफका लगानीकर्ताले ६.८६ प्रतिशतका दरले गुमाएका छन् भने युनिभर्सल पावरका लगानीकर्ताले ६.१० प्रतिशतका दरले गुमाएका छन् ।