Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, १५३ कम्पनीको शेयर मूल्य घट्यो

3.32K
shares

काठमाडौं, ७ जेठ । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.९३ अंकले घटेर २,६७० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन १० अर्ब ६९ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्स का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.२७ प्रतिशतका दरले गुमाएका छन् ।