Dhulikhel Eco Banner new

५० र १ हजारको नयाँ नोट छाप्ने नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय

2.7K
shares

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले मंगलबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणसँगै उनले पहिलो निर्णयका रूपमा ५० र १ हजार दरका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

पौडेलले सरकारले बनाएको वित्त नीतिलाई मौद्रिक नीतिका माध्यमबाट सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो कार्यकालमा २ वटा कुरामा ध्यान दिने बताएका छन् । पहिलो– सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि सोही अनुरुप मौद्रिक नीति तर्जुमा हुनेछ । दोस्रो– सुपरिवेक्षण क्षमता बढाउछु, अनावश्यक पेल्दिन ।