Dhulikhel Eco Banner new

शेयर बजारमा ९७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.87K
shares

काठमाडौं, १४ जेठ । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १७.४४ अंकले बढेर २,६९२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ५८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ५.२६ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताले ५.१० प्रतिशतका दरले गुमाएका छन् भने नेपाल माइक्रो लाइफका लगानीकर्ताले ४.०८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, दिव्यश्वरी जलविद्युतका लगानीकर्ताले ३.९१ प्रतिशतका दरले गुमाएका छन् भने सनराइज फोकस्ड इक्विटी फण्डका लगानीकर्ताले २.९७ प्रतिशतका दरले गुमाएका छन् ।