Dhulikhel Eco Banner new

2.6K
shares

बजेट खर्च ८९।४ प्रतिशत हुने अनुमान, पुँजीगत खर्चमा ८३।४ प्रतिशत
काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष १६ खर्ब ६२ अर्ब रुपैयाँ खर्च हुने संशोधित हुने बताएका छन् ।

उनले बजेट प्रस्तुत गर्ने क्रममा विनियोजनको ८९।४ प्रतिशत बजेट खर्च हुने बताएका हुन् । उनका अनुसार चालुतर्फ ८८.५, पुँजीगततर्फ ८३।४ र वित्तीय व्यवस्थापनतर्फ ९७.६ प्रतिशत बजेट खर्च हुने अनुमानगरेको बताए। अर्थ मन्त्रालयले १२ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा १७.१ प्रतसिशत धेरै हो ।